
बीरगंज, २० असार ।
नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा एकीकृत नेकपा माओबादीका पोलिटब्युरो सदस्य हितमान शाक्यले निरकुंश राजतन्त्रले एउटै भाषा, एउटै धर्म र एउटै सस्कृतिलाई अंगालेको कारण उत्पिडनमा परेको अन्य सबै धर्म, जाति, भाषाभाषी उन्मुक्तिको लागि संघीय र स्वायत्त राज्यको चाहना जनतामा बढेको बताउनु भएको छ ।
नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल र भोजपुरा मधेस राज्य समितिले संयुक्त रुपमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रमा नेवाहरुको अधिकार बिषयक अन्तरक्रिया तथा गोष्ठीको उदघाटन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष शाक्यले यस्तै उत्पिडनको कारण आज थुप्रै जाति र भाषाभाषीहरुले आफनो भाषा समेत बोल्न जान्दैनन भनेर बताउनुभयो । अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र भनेर लेखिए पनि यो कार्यान्वयन नभएको अवस्थामा छ । संघीयता र स्वायत्त राज्यको बिषयमा अहिले पनि बृहत वहस भईरहेको बताउनुभयो । हाम्रो देश नेपालमा हिमालदेखि तराइसम्म र पूर्वदखि पश्चिमसम्म विविद्यतै विविधताले भरिएकोले मुलुक भित्र रहेको भौगोलिक, राजनैतिक, सामाजिक, धार्मिक र सास्कृतिक असमानता हटाउनलाई नै संघीयता प्रणालीको आवश्यक्ता रहेको बताउनुभयो ।
नेवाहरुको आन्दोलन अन्य कुनै विशेष जाति र धर्मको बिरुद्ध र देश टुक्रयाउनको लागि नभई मुलुकभरी उत्पिडनमा रहेको नेवारहरुको उन्मुक्तिको लागि भएको शाक्यले बताउनु भयो । शाक्यले देशको एकतालाई गा“सेर लैजान सके मुलुकमा रहेको सबैखाले उत्पिडन समाप्त भएर जाने बिश्वास ब्यक्त गर्नुभयो ।
भोजपुरा मधेस राज्य समितिका सेक्रेटरी सन्ध्या बिसंखेले ब्राहृमणबादी सोचले नेवा संस्कृतिमाथि अतिक्रमण बढदै गईरहेकोमा चिन्ता ब्यक्त गर्दै यसको लागि सबै नेवारहरु एक भएर अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।
मोर्चा पर्साका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा नेवा भाषा खलका अध्यक्ष चक्र बहादुर शाक्य, महासचिव हरि वैद्यले आफनो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बीरगंजको पहिलो प्रधानपंच केशरमान मानन्धर, एकीकृत नेकपा माओबादीका पर्सा सेक्रेटरी क्षेत्र बहादुर श्रेष्ठ अनिल, रामस्वरुप साह, बाबुराम कौशिक, समिर, बिष्णु लामा, नेवा पुचः का अध्यक्ष केशर प्रसाद राजभण्डारीको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शाक्यले बीरगंजका पहिलो प्रधानपंच केशरमान मानन्धर, बीपिसीका निर्देशक डा. दिपक शाक्य, नेपाल भाषा खलका अध्यक्ष चक्रबहादुर शाक्य, रक्त संचारका इन्चार्ज प्रविण मानन्धर, नेवा पुचः का अध्यक्ष केशरप्रसाद राजभण्डारी लगायतकालाई बीरगंजमा नेवा भाषाको बिकासको लागि योगदान पुर्याए वापत दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment