
बीरगंज/१८ असार
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र मधेसबादी दल तमलोपाकै प्रभावकै कारण फोरम फुटेको हो भनी आरोप लगाउनु भएको छ ।
मधेसी जनअधिकार फोरम नेपालको जिल्ला एवं भातृ संगठनहरुको दुइ दिने संयुक्त अन्तरक्रिया कार्यक्रममा सहभागि हुन बुधवार बीरगंज आईपुग्नुभएको अध्यक्ष यादबले मधेसी जनअधिकार फोरम नेपालले बीरगंजको टिवडेवाल धर्मशालामा संचालन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन । तर उनीहरुमाथि कसको प्रभाव छ त्यो भने अध्यक्ष यादबले बताउन चाहेनन ।
अध्यक्ष यादबले अहिलेको सामान्य बहुमतमा बनेको तानतुने र टालटुले सरकारले राज्यको पूनर्सरचना, नया संविधान लेखन कार्य र लोकतान्त्रिक पद्धतिलाइ समाबेशी बनाउने जस्ता विकराल राष्ट्रिय समस्या सामाधान गर्न नसक्ने ठोकुवा गर्दै यसको लागि राष्ट्रिय सहमति सहितको राष्ट्रिय सरकारको आवश्यक्तामा जोड दिनुभयो ।
बिजय कुमार गच्छेदारले मधेस आन्दोलनमा कुनै भुमिका निर्वाह नगरेकोले र साथै उनी सधैं मधेस र मधेसी मुद्धाहरु अगाडी नबढोस भन्ने पक्षमा लागेको अध्यक्ष यादबले आरोप थियो । पार्टी र मधेसको मुल्य मान्यता भन्दा पनि उपप्रधानमन्त्री र गृहमन्त्रीको लालचको कारण गच्छेदारले फोरम फोडेको आरोप लाउदै अध्यक्ष यादबले गच्छेदार जस्ता ब्यक्ति पार्टीबाट बाहिरिएर पार्टी अझै शुद्ध भएको ठोकुवा गर्नुभयो । गच्छेदार समुह रुखमा सुखिसकेको र चोइटिसकेका बोक्रा हुन, जुन कामै नलाग्ने भएपछि आफै झरेका हुन् अध्यक्ष यादबले पत्रकारलाई बताउनु भयो ।
वर्तमान परिस्थितीमा फोरम प्रतिपक्षमा बसेर मधेसको मुद्धा र राष्ट्रिय मुद्धालाइ एकसाथ सशक्त ढङ्गले संसदमा उठाउने छौ, यदि षडयन्त्र भएमा फेरी सडक आन्देालनबाट आफना मुद्धालाइ उठाउने चेतावनी दिनुभयो । उहाले तर अहिले देखिएको लक्ष्ँणलाइ हर्ेदा आफनो हक अधिकारको प्राप्तिको लागि संघर्ष वाहेक अन्य कुनै विकल्प नभएको दावी गर्नुभयो ।
पार्टी बिभाजन पछि बीरगंजमा सम्पन्न केन्द्रीय समितिको बैठकमा आफनै महिला सभासदमाथि भएको हातपातको बिषयमा सञ्चारकर्मीहरुले राखेको प्रश्नमा गच्छेदारले फोरमको बैठक भाडनलाइ केही अनपढ सभासदलाइ हतियार बनाइ पठाएको थियो । तर फोरमका महिला कार्यकर्ता तथा मधेसी क्रान्तिकारी महिलाहरुलाइ त्यो असहय भएपछि झडपको स्थिती सृजना भएको बताउनु भयो ।
भारतीय पक्षबाट भईरहेको सीमा अतिक्रमणको बिषयमा तपाइहरु किन मौन भएर बसेको भनी पत्रकारको जिज्ञासामा अध्यक्ष यादबले नेपालको एक इन्च नेपाली भुमी कसैको अधिनमा र कब्जामा जावोस भन्ने फोरम कदापी चाहदैन । यसको लागि सरकार लगायत सीमाबिज्ञहरुले पनि सीमासंग सम्बन्धीत बिषयको बारेमा र्सवसाधारणलाइ सत्यतथ्य जानकारी गराउन माग गर्दै यसको सामाधान भनेको सडकमा नारा लगाउनु नभइ कुटनीतिक प्रयासबाट हुनुपर्छ भन्नेमा आफु र आफनो पार्टी बिश्वस्त रहेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा पार्टीका सहअध्यक्ष जयप्रकाश गुप्ताले बिजय कुमार गच्छेदार मधेस बिरोधी भएको बताउदै उनीहरुमाथि अनुशासन समितिले कारवाही गरी पार्टीबाट निष्काशन गरीसकेको छ । पार्टीमा रिक्त रहेको संसदिय दलको नेतामा र्सवसहमतिबाट पार्टी अध्यक्ष उपेन्द्र यादबलाइ चुनिएको जानकारी समेत गराउनु भयो । गुप्ताले नेता यादबलाइ संसदले मान्यता समेत दिइसकेको पत्रकारलाई जानकारी गराउनु भयो । कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव रामसहाय यादब, सचिव लालबाबु केन्द्रीय सदस्य अर्जनुु थापा, सभासद आत्माराम साह र पर्सा जिल्ला अध्यक्ष शशिकपुर मिया लगायतकाको उपस्थिती रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment