बीरगंज, १६ माघ
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री बिजय कुमार गच्छदारले भारतीय सहयोगमा मात्रै हाम्रो देशको बिकास सम्भव भएको बताउनु भएको छ ।
रिपोर्टस क्लव बीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । पार्टीको प्रथम जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार बीरगंज आइपुग्नु भएको उपप्रधानमन्त्री गच्छदारले माओबादीको भारत विरोधी नारालाई उग्रवामपन्थि नाराको संज्ञा दिदै, यसले नेपाल भारतको सदियौ देखिको सुमधुर सम्बन्धमा कुनै प्रभाव नपार्ने बताउनु भयो । माओबादीले आफैले दिएको अभिब्यक्ति प्रति अडन नसकेर अहिले फेरी अध्यक्ष्ँ प्रचण्डले आफुहरुले भारतसंग रोटी र बेटीको सम्बन्ध मात्रै खोजेको भनेर आफनो उग्र नारालाई सुधारेको टिप्पणी गर्नु भयो ।
उपप्रधानमन्त्री गच्छदारले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब भन्दा आफु उमेर, शिक्षा र राजनैतिक क्षेत्रमा जेठो भएकोले, उपेन्द्रको तुलना आफुसंग हुनै नसक्ने ठोकुवा गर्नु भयो । नेपालको राजनीतिमा उपेन्द्र यादब कही पनि नभएको ठोकुवा गर्दै, हराएको उपेन्द्रलाई आखिरमा थारुहरुकै बैशाषी चाहियो भनेर टिप्पणी गर्नुभयो । मधेसी जनअधिकार फोरमलाई जन्म दिने उपेन्द्र यादब हुन । तर सरकारमा पुगेपछि फोरमलाई फुटफाथमा फाल्ने पनि उपेन्द्र नै भएको गच्छदारको आरोप थियो । आफुहरुले त्यही फुटफाथमा फयाकिएको मधेसको भावनालाई हुर्काएर लोकतान्त्रिकको नाम दिई अगाडी बढाएको दावी गर्नु भयो ।
उच्चस्तरिय राजनीतिक संयन्त्र प्रतिको आफनो धारणा उच्चस्तरिय राजनीतिक संयन्त्रको नीयत, उद्धेश्य र काम कारवाहीमाथि निर्भर हुने उपप्रधानमन्त्री गच्छदारले प्रष्ट पार्नु भयो । सरकार र पार्टीबीच, पार्टी पार्टीबीच रहेको अन्यौलता र मतभेद हर्टाई मुलुकको राजनीतिमा देखिएको तमाम परिस्थितीलाई मिलाउनकै लागि राजनैतिक संयन्त्रको स्थापना भएको हो । यदि कुनै राजनैतिक पार्टी र त्यसका नेताले संयन्त्रलाई आफनो ब्यक्तिगत र पार्टर्ीी उद्धेश्य र चाहना पुरा गर्ने माध्यम बनाउछ भने यसको कुनै औचित्य नभएको भनी जोड दिनुभयो ।
मुलुक अहिले खतरनाक मोडमा उभेको बताउदै, यदि शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेनौ र निर्धारित समयभित्रै नया संविधान निर्माण गर्न सकेनौ भने मुलुक फेरी ठुलो द्धन्द्ध र मुठभेडमा जानेछ भनी सेचत गर्नु भयो । हाम्रो देश अध्यक्ष र प्रधानमन्त्रीय प्रणालिबाट चलेकै कारण मुलुकको बिकास हुन नसकेको दावी गर्दै, यदि देश चलाउनेहरुले मुलुकको उचित ब्यवस्थापन गर्न सके, नेपाल २० बरष भित्रै सिङ्गापुर बन्ने गच्छदारको दावी थियो ।
राज्य पूनर्संरचना समितिले ब्यवस्थापिका संसदमा पेश गरेको १४ संघीय राज्यको अवधारणा प्रति टिप्पणी गर्दै अध्यक्ष्ँ गच्छदारले यो एकलौटी ढंगबाट ल्याईएको अवधारणा हो । सरकारमा सहभागि मधेसबादी पार्टीले यस विभाजनलाई अब्यवहारिक भन्दै यसप्रति विमती जनाईसकेको प्रष्ट पार्नु भयो ।
शिविरबाट वहिर्गमनमा परेका अयोग्य लडाकुको हकमा, हतियार चलाउन जान्नु नराम्रो होईन । प्रत्येक जनताले सेनाको तालिम लिनु पर्नेमा जोड दिदै, उपप्रधानमन्त्री गच्छदारले उनीहरुलाई नेपाल सरकारले विशेष प्राथमिकता दिने छ भनी प्रतिबद्धता गर्नुभयो ।
क्लवका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष, पर्यटन मन्त्री शरत सिंह भण्डारी, कृषि मन्त्री मृगेन्द्र सिंह यादब, कृषि राज्य मन्त्री करिमा वेगम र बीरेन्द्रलाल नेपालीको उपस्थिती रहेको थियो ।

0 comments

सम्पादकिय