बीरगंज, १८ माघ
पर्सा स्थित स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले निजामति कर्मचारी सहर सुविधाको माग गर्दै शुरु गरेको दोस्रो चरणको आन्दोलनको कारण नेपालको प्रवेशद्धार बीरगंज शहर अहिले अस्तब्यस्त र दुर्गन्धित बनेको छ ।
मुलुकभरका स्थानीय निकायमा कार्यरत कर्मचारीले निजामति कर्मचारी सरह नै स्थायी र बढुवाको माग गर्दै आन्दोलन गरेपछि बीरगंजमा फोहोर ब्यवस्थापन हुन नसकेको कारण बीरगंज शहर पुरै दुर्गन्धित बन्न पुगेको हो । आन्दोलित कर्मचारीहरुले २०६६ साल श्रावण २ गतेका दिन नेपाल सरकार र स्थानीय निकाय कर्मचारीबीच पछिल्लो पटक भएको सहमति कार्यान्वयन गर्नु पर्ने माग सहित विगत ११ दिनदेखि आफनो दोस्रो चरणको आन्दोलन अगाडी बढाएको हो ।
सुन्दर सफा शहर हाम्रो बीरगंज नगर भन्ने नारा बोकेर नगरको विकासमा अगाडी बढदै गरेको बीरगंज उपनगरपालिका कार्यालयका कर्मचारीहरुकै कारण अहिले सुन्दर शहरको कल्पना बोकेको बीरगंज शहर फोहोर र दुर्गन्धित बन्न पुगेको स्थानीयबासीको आरोप छ । फोहोरको कारण अहिले बीरगंजको मुख्य सडक देखि पुरै शहर नै अस्तब्यस्त हुन पुगेको छ ।

0 comments

सम्पादकिय