बीरगंज, १७ माघ
मधेसी जनअधिकार फोरम नेपालले आफनो पूर्व घोषित कार्यक्रम अर्न्तर्गत आज बीरगंजमा नेपाल सरकारलाई कालो झण्डा प्रदर्शन गर्नुको साथै विरोध र्‍याली निकालेको छ ।
जिल्ला अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा निस्केको विरोध र्‍यालीले सर्वप्रथम बीरगंजको घण्टाघरमा पुगी नेपाल सरकारलाई कालो झण्डा प्रदर्शन गर्दै त्यहाबाट निस्केको र्‍यालीले नगर परिक्रमा पश्चात पूनः घण्टाघरचौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा पार्टीका अध्यक्ष मिया, श्रमिक फोरमका विन्देश्वरी यादब, महिला केन्द्रिय सदस्य मिनु सिंह, जिल्ला अध्यक्ष सुनिता सिंह लगायतले मधेसी दलसंग नेपाल सरकारले गरेको २२ बुदे र ८ बुदे सहमति यथास्रि्र कार्यान्वयनको माग गरेका छन् ।

0 comments

सम्पादकिय