बीरगंज, १७ माघ
नेशनल टेलिभिजनका पर्सा क्यामेरा मैन नरेश सर्राफलाई तस्करी गरिरहेको तस्वीर खिचेको आरोपमा पर्सा प्रहरीले हातपात गरेको विरोधमा आज पर्सेली पत्रकाहरुले पर्साका प्रजिअ यादब प्रसाद कोईराला समक्ष दोषीमाथि कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
शनिवार आफनो काम सकेर राति करिव १० बजेतिर आफनो घर र्फकदै गर्दा, बाटोमा पर्सामा कार्यरत प्रहरी निरिक्षक विमल शर्माको नेतृत्वमा रहेको प्रहरीले हिजो तस्करीको समाचार लेख्ने यही हो भन्दै पहिलो गालीगलौच गरेका थिए । पत्रकार सरार्फे त्यसको प्रतिकार गर्न खोज्दा मुखमा कपडाले बेरेका प्रहरीले उनीमाथि हातपात समेत गरेका थिए ।
सो बारेमा राति नै पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठलाई जानकारी गराउदा समेत कुनै कारवाही नभएपछि, पर्सेली पत्रकारहरुले आफनो सुरक्षा र दोषीमाथि कारवाहीको माग लिएर पर्साका प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएका हुन । प्रजिअ कोईरालाले आफुले यसका दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

0 comments

सम्पादकिय