बीरगंज १८ माघ
भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले आफूले बाराका स्थानीय बिकास अधिकारी श्याम सुन्दर मिश्रा माथी हातपात नगरेको स्पष्टिकरण दिनु भएको छ ।
क्रियाशिल युवा पत्रकार मञ्च नेपालले आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पासवानले सो कुरा बताउनु भएको हो । जिल्ला बिकास समिति बारामा गएराति २ करोड रुपैया बराबरको ठेककाको रकम मिनाहा दिने बिषयमा चलिरहेको बोर्ड बैठकमा सहायक मन्त्री पासवान आफना कार्यकर्ता सहित पुगी स्थानयि बिकास अधिकारी मिश्रा लगायत जिविसका कर्मचारीमाथि हातपात गर्न खोजेको भनी लगाएको आरोप विरुद्ध आज बीरगंजमा पत्रकार सम्मेलन गरी स्थानीय सञ्चारकर्मीलाई जानकारी गराउनु भएको हो ।
करिव २ करोड रुपैया बराबरको बिकास ठेक्कामा यादब टे्रडर्सले अनेक कारण देखाई आफुलाई घाटा लागेको भन्दै ठेक्का रकम मिनाहाको लागि निवेदन दिएका थिए । ठेकेदार यादबले मिनाहा मागेको बिषयमा राजनीतिक दलमा फरक मत देखिएपछि सोही बिषयमा छलफल गर्न बसेको बैठकमा मन्त्री पासवान एक्कासी पुगेर बैठक अवरुद्ध पार्दै हातपात गर्न खोजेका थिए भन्ने आरोप कर्मचारीको छ ।
तर यस बिषयमा मन्त्री पासवानले भने आफुले हातपात नगरेको बरु जिविस बारामा भईरहेको भष्ट्राचारको बिरोधमा कडा रुपमा प्रस्तुत मात्र हुदा जिविस कर्मचारीहरुबाटै मिडीयामा पूर्वाग्रही रुपमा अफवाह फैलाईएको आरोप लगाउनु भएको छ । मन्त्री पासवानले स्थानिय विकास अधिकारी, ठेकेदार, इन्जिनियर, राजनीतिक दलका प्रतिनिधिको मिलेमतोमा वीरगंजको यादव ट्रेडर्सलाई दुइ करोड रुपैया मिनाहा गर्न षड्यन्त्र भइरहेको जानकारी प्रहरीबाट पाएपछि आफूले हस्तक्षेप गरेको उहँको स्पष्टोक्ति थियो । उहाले बिभिन्न भुमीगत समुहको डरले दिनभर जिल्ला विकास समितिको कार्यालयमा उपस्थित नहुने तर राति अबेर सम्म जिल्ला बिकास समिति कार्यालय बसी भष्ट्राचारको षड्यन्त्र रचने गरेको मन्त्री पासवानको आरोप थियो । उहँले दुइ करोड रुपैयँ जनताको हितमा लगानी गर्न नेपाल सरकारसंग आफुले पहल गर्ने समेत बताउनु भयो ।
यस अघि पनि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिककै कृषि राज्यमन्त्री करिमा वेगमले आफुलाई चढन राम्रो गाडी नदिएको भन्दै तत्कालिन पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेकी थिईन । अहिले फेरी सोही पार्टीका तर्फाट साहायक मन्त्री बन्नु भएकी पासवानले भष्ट्राचारको नाममा एलडिओमाथि हातपात गर्ने प्रयास गरेपछि समयमै प्रशासनले कडा कारवाही गर्न नसकेकै कारण यस्तो घटना दोहरिएको र्सवसाधारणको भनाई छ ।
कार्यक्रम क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment