बीरगंज, १८ माघ
पर्सा जिल्लाको महुवन गाबिसमा प्रहरीको कारवाहीमा परी जनतान्त्रिक तराइ मुक्ति मोर्चाका पर्सा सैन्य कमाण्डर कालिचरणको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
सुराकीले दिएका बिशेष जानकारीको आधारमा पर्साबाट गएको बिशेष टोलीसंगको भिडन्तमा सैन्य कमाण्डर कालिचरणको मृत्यु भएको पर्साका प्रजिअ यादब प्रसाद कोईरालाले बताउनु भएको छ । कोईरालाका अनुसार कालिचरण आजै दिउसो स्थानीय ब्यापारीसंग पैसा उठाउन तम्तयार भएर महुवनमा आएको छ भनेर प्राप्त जानकारीको आधारमा पर्साबाट विशेष सुरक्षाकर्मी टोली उनीहरुलाई पक्राउ गर्न गएको थियो । तर कालिचरणले भने प्रहरीलाई देख्ना साथै फायरिगं गरेपछि प्रहरीले गरेको जवाफी कारवाहीको क्रममा कालिचरणको मृत्यु भएको थियो भने उनको साथमा रहेका अर्का साथी भने मोटरर्साईकल छाडेर फरार भएको प्रजिअ कोईरालाले बताउनु भएको छ ।
फरार भएको ब्यक्तिको खेाजतलाशको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिसकेको पर्साका प्रजिअ कोईरालाले बताउनु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment