
बीरगंज, २३ माघ
युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य अनिरुद्ध रावले आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी अजय कुशवाहाको नेतृत्वमा रहेको युथ फोर्स पर्सा विघटन गरी सो को सम्पूर्ण जिम्मेवारी आफुलाई दिएको जानकारी गराएका छन् ।
रावले आज होटेल भिषुवामा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी दिनु भएको थियो । सो अवसरमा रावले युवा संघ नेपाल पर्साले प्रकाशन गरेको युवा आवाजलाई निरन्तरता दिदै युवा आवाज प्रकाशन गर्ने निर्णय गरेको जानकारी गराउनु भएको थियो ।
पत्रकार सम्मेलनमा युवा संघ नेपाल पर्साले युवामा खेलकुदको बिकास होस भन्ने चाहना बोकेको कारण आगामी २०६७ बैशाषको दोस्रो सप्ताहमा विभिन्न प्रकारको खेलकुद कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउनु भयो । त्यसैगरी युवा संघले जिल्ला ट्राफिक कार्यालय पर्सासंग समन्वय गरी ७ दिनसम्म ट्राफिक ब्यवस्थापन गर्ने समेत बताउनु भयो ।
कार्यक्रममा डा. विशम्भर शर्माको समेत उपस्थिती रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment