
बीरगंज, २३ माघ
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका राष्टिय अध्यक्ष बिजयकुमार गच्छदारले आगामी जेष्ठ १४ गतेभित्रै सेना समायोजन गरी छाडने दृढता ब्यक्त गर्नु भएको छ ।
बीरगंजको कुम्हालटोलस्थित आदर्श थारु छात्रवासको प्रथम साधारण सभा कार्यक्रमको उदघाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले यस्तो दृढता ब्यक्त गर्नु भएको हो । नेपाल अहिले निकै कठिनाईपूर्ण चुनौतिको घडिमा उभिएको बताउदै यस्तो बेलामा सबैजना मिलेर अगाडी बढनु पर्नेमा प्रमुख अतिथि गच्छदारले जोड दिनु भयो । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र्सव सत्ताबाद लादन खोजेको र सेनापति चलाएकै कारण राज्यसत्ता छाडनु परेको बताउनु भयो । माओबादीले आफनै कारण राज्यसत्ता छाडेको आरोप लगाउदै तर अब त्यस्तो ऐतिहासिक अवसर इतिहासले कहिल्यै पनि नदिने ठोकुवा समेत गर्नुभयो ।
मधेसी जनअधिकमार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबलाई आफुले यादब जातिबाट पहिलो प्रधानमन्त्री खोजेको थिए । तर उनको प्रधानमन्त्री बन्ने हिम्मतै नभएकोले त्यो अवसर गुमाएको उपप्रधानमन्त्री गच्छदारको आरोप थियो । फोरम नेपालका अध्यक्ष यादब र थरुहट संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुको गठबन्धनलाई अस्वाभाविक र अपवित्र गठबन्धनको संज्ञा दिदै दुबैले आ आफनो नारालाई छाडेको समेत आरोप लगाउनु भयो ।
राज्य पूनर्संरचना समितिले प्रस्तुत गरेको १४ वटा गणराज्यको अवधारणालाई अधुरो रहेको आरोप लगाउदै सो विभाजनलाई आफनो पार्टीले नमान्ने बताउनु भयो । बरु साना र ठुला सबै दलहरुलाई समावेश गरेर तोकिएको समय भित्रै संविधान निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।
थारु छात्रवास अध्यक्ष लक्ष्मण थारुको अध्यक्षतामा सम्पन्न साधारण सभामा पूर्व मन्त्री गोबिन्द चौधरी, सुरेन्द्र चौधरी, नागेन्द्र चौधरी, मोहन चौधरी, उपेन्द्र चौधरी, थारु कल्याणकारी पर्सा नेपालका रामनारायण गौरो, भुपेन्द्र चौधरी, गिरधारी चौधरी र लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

















0 comments
Post a Comment