बीरगंज, १९ माघ
राष्टिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले यदि समय भित्रै नया संविधान नबने मुलुकमा गृहयुद्ध हुने चेतावनी दिनुभएको छ ।
प्ार्सा जिल्ला कार्यकर्ता भेटघाटको लागि आजै बीरगंज आइपुग्नु भएका अध्यक्ष थापाले बीरगंजको स्थानीय होटेल सुरजमा आयोजना गरेको कार्यकर्ता भेटघाटको क्रममा यस्तो चेतावनी दिनुभएको हो । नया संविधान निर्माण गर्न जम्मा ११६ दिन बाकी रहदा समेत नेपाली कांग्रेस, एकीकृत नेकपा माओबादी र नेकपा एमाले भने केवल सरकार बनाउने र हटाउने खेलमा लागेको आरोप लगाउनु भयो । यदि निर्धारित समयभित्र संविधान बनाउनु पर्ने भन्दै राप्रपा नेपालले आगामी फाल्गुण ७ गतेदेखि खवरदारी तथा दबाबमुलक आन्दोलन गर्न गैरहेको जानकारी गराउदै कार्यकर्तालाई त्यसको लागि तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष्ँ थापाले आफनो आन्दोलनको स्वरुप जानकारी गराउने क्रममा फाल्गुण ७ र ८ गतेका दिन घरदैलो कार्यक्रम गरिने, ९ गते उपत्यकामा बिशाल जुलुस गर्ने, १० गतेका दिन उपध्यका बन्द गर्ने र ११ गतेका दिन सिंहदरवार घेराउ गर्ने पार्टीको कार्यक्रम रहेको कार्यकर्तालाई जानकारी गराउनु भयो ।
पर्सा जिल्ला अध्यक्ष रामचन्द्र चतुर्वेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सुशिल श्रेष्ठ, पूर्व जिविस सभापति शम्भु चौरसिया र पूर्व नगर प्रमुख प्रदिप सुवेदीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको समाप्तिपछि अध्यक्ष थापा साझै आफनो गृहनगर हेटोडा प्रस्थान गर्नु भएको छ ।

0 comments

सम्पादकिय