बीरगंज, २६ असोज
बीरगंजस्थित भोजपुरिया एफ.एम.ले आज बडा दशैंको अवसर पारेर बीरगंज कारागारका महिला बन्दीहरुलाई लत्ताकपडा वितरण गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले कारागारमा बन्दी जीवन विताईरहेका करिव ५६ जना महिला कैदी बन्दीहरुलाई एउटा धोती, ब्लाउज, ओढनी र पूजा गर्ने आसनी प्रदान गरेको हो । भोजपुरिया एफ.एम.का संचालक सुनिल खेतानको सभापतित्वमा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रजिअ झाले अहिले हिन्दुहरुको महान पर्व दशै, तिहार र छठ पर्वको बेला जसरी बाहिर बसोबास गर्ने मानिसले खुशी साटासाट गरेर मनाउने गर्छन, त्यसैको अनुशरण गर्दै जेल जीवन बिताइरहेका महिला बन्दीहरुलाई यसरी सम्झेर जुन प्रकारले भावना र माया साटासाट गर्ने कार्यक्रमको आयोजना गरियो यो निकै सकारात्मक रहेको भन्दै यसको अनुशरण अरुलाई पनि गर्न प्रजिअ झाले सबैसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा एफ.एम.का निर्देशक सुदिप खेतान, उर्मिला खेतान र भोजपुरिया एफ.एम.का प्रवन्धक महेश दासको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा महिला बन्दीहरुसंगै जेल जीवन विताइरहेका करिव एक दर्जन बालबालिकाहरुलाई पनि बिस्कुट वितरण गरिएको थियो ।

0 comments

सम्पादकिय