
वीरगंज १३ माघ
नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मंचको संयुक्त अगुवाईमा आज जिल्ला शिक्षा कार्यालय पर्सा सम्पूर्ण कामकाज थप्प पारी धर्नामा बसेका छन ।
शिक्षकहरु आफनो विभिन्न ५० सुत्रिय माग राख्दै आज विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शिक्षा कार्यालयको सम्पूर्ण कामकाज थप्प पारी धर्नामा बसेका हुन । सामुदायिक विद्यालयमा कार्यरत तहगत सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई स्थायी दरबन्दी कायम गरी सेवा अवधि गणना हुने गरी स्थायी शिक्षक सरह सेवा, सुविधा र दुर्गम भत्ता चालु आर्थिक वर्षबाट उपलब्ध हुनुपर्ने, अविछिन्न पाच वर्ष सेवा अवधी पुरा गरेका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनु पर्ने, परिक्षामा सामेल हुन नचाहने शिक्षकहरुलाई परीक्षा पूर्व नै आकर्षक सुविधा हुनेगरी उपदान र औषधोउपचार खर्चको सुविधा सहित विदा दिनु पर्ने, मुलुकभर कार्यरत शैक्षिक सत्र पुरा गरेका पिसीएफ, तथा राहत कोटामा नियुक्त शिक्षकहरुलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी स्थायी प्रकृया प्रारम्भ गरि दुर्गम भत्ताको व्यवस्था गर्नु पर्ने जस्ता माग राखी धर्नामा बसेका छन ।
त्यसैगरी अधिकार सम्पन्न उच्चस्तरिय शिक्षा आयोग गठन गरिनु पर्ने, राष्ट्रिय बजेटको न्यूनतम २५ प्रतिशत वा जी.डि.पी. को ६ प्रतिशत नियमित रुपमा शिक्षामा लगानी हुनुपर्ने, शिक्षण पेशामा समावेशिकरण गर्ने क्रममा मुस्लिम समुदायलाई तर्राई मधेशमा बस्ने भनी किटान गरिएको तर पहाडी मुस्लिम समुदायको उपेक्षा भएकोले सुधार गर्नुपर्ने लगायत विभिन्न ५० सुत्रिय मागहरु अगाडी सारी आन्दोलनमा उत्रेको युनियनका जिल्ला अध्यक्ष रामचन्द्र पंण्डितले जानकारी दिनुभएको छ । आन्दोलनका कारण शिक्षा कार्यालय पर्साको सम्पूर्ण कामहरु थप्प भएको छ । आन्दोलनकारीको कारण कर्मचारीहरु कार्यालयमा प्रवेश गर्न पाएका छैन ।
Subscribe to:
Post Comments (Atom)











0 comments
Post a Comment