
बीरगंज ८ माघ
मध्यामाञ्चल क्षेत्रीय प्रशासक माधव प्रसाद रेग्मीले एभिन्यूज टेलिभिजनको क्षेत्रीय ब्यूरो कार्यालयको स्थापनापछि बीरगंजको महत्व दर्शाउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छन् ।
एभिन्यूज टेलिजिभनको बीरगंज १४ स्थित क्षेत्रीय ब्यूरो कार्यालयको उदघाटन तथा सम्मान कार्यक्रममा क्षेत्रीय प्रशासक रेग्मीले यस्तो धारणा राखेका हुन । रेग्मीले सञ्चारको माध्यमबाट हामीले सामाजिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा लाग्नु पर्नेमा जोड दिदै, क्षेत्रीय प्रशासक रेग्मीले सञ्चार जगतको एकदमै महत्वपूर्ण च्यानलको रुपमा चर्चित एभिन्यूज टेलिभिजनको क्षेत्रीय ब्यूरो कार्यालयको स्थापनापछि यस क्षेत्रको सञ्चार क्षेत्रमा नया फडको मार्ने दावी गरेका छन् ।
साथै बीरगंज क्षेत्रीय ब्यूरो कार्यालयले संचालन गरिरहेको ओझेलका पात्रले आफनो २५ औं श्रृंखला पुरा गरेकोमा शुभकामना दिदै, यस कार्यक्रमले राष्ट्रिय बिकासमा महत्वपूर्ण योगदान पुर्याएका तर सधैं ओझेलमा पर्दै आइरहेका पात्रहरुलाई चिनाउने काम गरेको बताए ।
कार्यक्रममा ओझेलका पात्रमध्येबाट शिक्षाविद सागिर अंसारी, मोरिससका प्रधानाचार्य उमानाथ शर्मा, सिख समुदायबाट सरदार यसपाल सिंहले आफनो धारणा राखेका थिए । उनीहरुले यो कार्यक्रमले आफुहरुलाई चिनाएको बताउदै एभिन्यूज टेलिभिजन र कार्यक्रम संचालकलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, बाराका प्रजिअ, नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक महेश दास, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीले शुभकामना मन्तब्य दिएका थिए ।
एभिन्यूज टेलिभिजन बीरगंज क्षेत्रीय ब्यूरो चिफ राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न उदघाटन तथा सम्मान समारोहमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक बीरेन्द्रबाबु श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरिक्षक शुशिल कुमार श्रेष्ठ र भोजपुरी भाषाका पण्डित दिपनारायण मिश्रको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा एभिन्यूज टेलिभिजनको विभिन्न कार्यक्रममा बिज्ञापन दिइ सहयोग गरेका संघ संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान पत्र प्राप्त गर्नेमा डायमण्ड स्टिल एण्डल आयरन, नेपाल शालिमार पेन्टस प्रा. लि., नेशनल मेडिकल कलेज बीरगंज, विश्वकर्मा सिमेन्ट प्रा. लि. बीरगंज, श्री सिमेन्टस इण्डष्ट्रिज प्रा. लि., होटेल पूजन प्रा. लि. बीरगंज, सीताराम गोकुल मिल्क्स काठमाडौ लि., जगदम्बा इन्टरप्राइजेज बीरगंज, प्रेष्टिज लुप मैट इण्डष्ट्रिज प्रा. लि. बीरगंजलाई सम्मानित गरिएको थियो । कार्यक्रमको संचालन मनोज उपाध्यायले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)











0 comments
Post a Comment