
बीरगंज ९ माघ
हिजोका दिन भन्दा आज महिलाहरुको सेवा्प्रभावको अवस्था सुधारोन्मुख रहेको सहभागी वक्ताहरुले आफनो धारणा राखेका छन् ।
राष्टिय महिला आयोग भद्रकाली प्लाजा काठमाडौले बीरगंज उपमहानगरपालिका कार्यालयको सभाकक्षमा आयोजना गरेको राज्यद्धारा महिलालाई उपलब्ध गराउने भनि घोषणा गरिएका सेवा सुविधामा महिलाको पहुच अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले ०६१, ०६२ साल पछि दिनमा महिलाहरुको बिकासमा नीतिगत सुधारहरु भएको र यो सकारात्मक कुरो भएको बताए । पहिलेको अनुपातमा अहिले थुप्रै सुधारहरु भएको लक्षणहरु देखा पर्न थालेकोमा चित्त बुझाउने प्रशस्तै ठाउ रहेको बताए ।
पर्साका एसपी रमेश खरेलले मुलुकको अन्य क्षेत्रभन्दा तर्राई क्षेत्रमा बढी महिलामाथि हिन्साका घटनाहरु हुने भएकोले छिटटै नै एउटा छुटटै महिला चौकीको पनि स्थापना गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा सहभागी भएका मालपोत कार्यालयले पर्सा जिल्लाबाट जम्मा १ लाख ७९ हजार ९ सय १७ जनाले जग्गाधनी लालपूर्जा लिएकोमा, महिलाले ६२ हजार ९४ (३५ प्रतिशत) मात्र लिएको जानकारी गराए ।
त्यसैगरी सोच नेपालले अहिले पनि हाम्रो समाजमा सास्कृतिक, धार्मिक, घुम्टो प्रथा, बोक्सी प्रथा, दाइजो प्रथा, मोलमोलाई प्रथा र एकल महिलामाथि हुने कुरिति जस्ता करिव ५७ वटा कुरिति अझै बिद्यमान रहेको र्सार्वजनिक गरे ।
घरेलु तथा साना उधोग कार्यालयले अहिले पनि पर्सा जिल्लामा महिला उद्धमिहरुको संख्या न्यून रहेको जानकारी गराए । यसैगरी जिल्ला शिक्षा कार्यालय पर्साले भने शिक्षाको क्षेत्रमा महिला शिक्षक र विद्यार्थीहरुको उपस्थिती सन्तोषजनक रहेको बताए । बीरगंज उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा कार्यकारी अधिकृत प्रकाश मान सिंह अमात्यले नगरपालिकाले महिलाहरुको सचेतना र शिपमुलक कार्यक्रमको लागि कुल बजेटको १० प्रतिशत बजेट छुटयाएको जानकारी गराए ।
राष्टिय महिला आयोगकी अध्यक्ष शेष चाद ताराको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय महिलाहरुले महिलाको मुल समस्यालाई उठाएका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय पर्साका प्रमुख उर्वरा लुइटेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
Subscribe to:
Post Comments (Atom)











0 comments
Post a Comment