
बीरगंज १४ माघ
संविधान सभा सदस्य माननिय ओमप्रकाश शर्माले आज एक समारोहबीच बीरगंजको कुम्हालटोलस्थित भिमसेन मन्दिरको उदघाटन गरेका छन् ।
बीरगंज ६ कुम्हालटोलस्थित नवनिर्मित भिमसेन मन्दिरको आज धार्मिक विधी अनुसार पूजा अनुष्ठान गरी उदघाटन गरेका हुन । प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै सभासद शर्माले कुम्हालटोल आफनै घर जस्तो भएको र आज सहयोग गर्न पाएकोमा आफुलाई औधी खुशी लागेको धारणा ब्यक्त गरेका थिए । उनले अहिले र्सार्वजनिक जग्गा अतिक्रमण बढी रहेको बेला, कुम्हालटोलबासीले भने र्सार्वजनिक जग्गामाथि मन्दिरको स्थापना गरेर उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा विशेष अतिथी बीरगंज उपमहानगरपालिका कार्यालयका प्रमुख तथा कार्यकारी अधिकृत शिवदत्त भटर्राईले कुम्हालटोलबासीले गरेको कार्यको प्रशंसा गर्दै, यस्तै कार्य सबै वडाबासीलाई गर्न आग्रह गरेका छन् । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक सुजन जोशीले जनसहभागिता बाट गरेको यो प्रयास प्रशंसनिय रहेको बताउदै, यस्तै कार्य सबैले गर्ने हो भने मुलुकको बिकासलाई कसैले रोक्न नसक्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव युवराज खडका र पूर्व प्रधानाध्यापक इन्द्रदेव यादबले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
करिव १ लाख १६ हजार ३ सय ४१ रुपैयाको लागतमा निर्माण गरिएको भिमसेन मन्दिरको निर्माणको लागि सभासद ओमप्रकाश शर्माले २५ हजार १ रुपैया सहयोग गरेका छन् । अन्य रकम स्थानीयस्तरबाटै संकलन गरी जेलको उत्तरमा रहेको र्सार्वजनिक जग्गामा निर्माण गरिएको समितिका सदस्य कृष्ण बहादुर श्रेष्ठ बताउछन् । बीरगंज उपमहानगरपालिकाले भने मन्दिर प्रागंणमा एउटा चापा कल जडान गरिदिएको छ ।
यसैबीच स्थानीय रामकृष्ण श्रेष्ठले सोही स्थानमा आफनो निजी खर्चमा शिवजीको मन्दिर स्थापना गरेका छन् । सो मन्दिरको पनि आजै धार्मिक विधी अनुसार उदघाटन गरिएको छ । दाता रामकृष्ण श्रेष्ठ र उनकी धर्मपत्नी श्रीमती दुर्गा देवी श्रेष्ठले धार्मिक विद्यी अनुसार पूजाआजा गरी मन्दिरको उदघाटन गरेका हुन । श्रेष्ठले आफना पिता स्वर्गिय कुलबहादुर श्रेष्ठ, आमा स्वर्गिय चिम्सी देवी श्रेष्ठ, स्वर्गिय श्रीमती भिमलक्ष्मी देवी श्रेष्ठ र कान्छा सुपुत्र स्वर्गिय शुशिल कुमार श्रेष्ठको सम्झनामा सो मन्दिर निर्माण गरेका हुन ।
भिमसेन मन्दिर निर्माण समितिका अध्यक्ष गौरी प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत मन्तब्य मनोज सिहले दिएका थिए भने कार्यक्रमको संचालन राजु श्रेष्ठले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)











0 comments
Post a Comment