Top Navigation
  • Home
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
  • सम्पर्क
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • Home
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
  • सम्पर्क
  • Our Team
Birgunj City News
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #जनशक्ति अभाव
  • #अस्थायी दरबन्दी
  • #स्वास्थ्य संस्था
  • #स्वास्थ्य सेवा
  • #स्वास्थ्यकर्मी
  • #प्रादेशिक अस्पताल
  • #कर्मचारी
  • #चिकित्सक
  • #वीरगंज महानगरपालिका
Search Here
your add here your add here
नेता गिरी
  • Home
  • नेता गिरी
  • वीरगंजका मेयर विरुद्ध रिले अनशन : उहिलेको बिराेधमा नेविसंघका अध्यक्षकाे नाक भाँच्याे, अहिले टाउको फुट्याे
वीरगंजका मेयर विरुद्ध रिले अनशन : उहिलेको बिराेधमा नेविसंघका अध्यक्षकाे नाक भाँच्याे, अहिले टाउको फुट्याे 'कर्मकाण्डी उपाय खोज्दै कांग्रेस नेताहरु'
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २२, २०८१

वीरगंज, पर्सा ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा नगर प्रहरी, मेयर राजेशमान सिंह र स्थानीय बीच भएको झडपका क्रममा एकजनाको टाउको फुटेको छ ।

सोही घटनालाई लिएर मेयर सिंह विरुद्ध रिले अनशन सुरु भएको छ । अलौमा पानीको निकासको समस्या समाधानका लागि विवाद हुँदा नगर प्रहरी, मेयर सिंह र स्थानीय बीच हातपात भएको थियोे ।  ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक रोशन लामिछानेका अनुसार बुथ सभापति शिव अ‌ाेम लामिछानेले खेत तथा घर डुबानमा परेकाले पानी खोल्न नदिने अडान लिएपछि मेयर सिंहले अपशब्द बोल्दै नगर प्रहरीलाई गाडीमा हाल्न निर्देशन दिएको थियो । त्यसपछि विवाद हुँदा बुथ सभापति लामिछानेले मेयर सिंहको कठालो समातेको थियो भने मेयर सिंहले समेत लामिछाने माथि हातपात गरेको उनले दाबी गरे ।

Congres-Ghaeteharu---Birgunj-City-News-1728333250.jpgसोही क्रममा उनका अर्का छोरा सुदर्शन लामिछानेको नगर प्रहरीको कुटाईले टाउको फुटेको बताए । झडपको क्रममा सुदर्शन लामिछानेको टाउको फुटेको छ भने उनको टाउकोमा ६ वटा टाँका लागेको छ । साथै, शुखाडी राउत कुर्मी र प्रयास राउत कुर्मी घाइते भएका छन् । घाइतेहरूले मेयर विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् ।

A1 Beakery Add

यस्तो छ घटना

पदमरोड देखी दक्षिण अलौ छ भने, पदम रोड देखी उत्तर अठरा सुगौली रहेको छ । पहिला दुबैतिर नहर थियो पानीको निकास सहज थियो तर अहिले आईसीपी बनेर रोड फराकिलो हुँदा नहर पुरेर अहिले विकासको नाममा बाटो मात्रै बनेको छ ।

Multani Cream Add
Dav Rb Kedia Ad
Add Sarwotam Hospital

Jhadapma-pari-kutpit---Birgunj-City-news-1728333249.jpg
त्यसैले अस्ति आएको बाढीले अठरा सुगौली र अलौ तिर पानी जमेको छ । सोही पानीको निकासका लागी अठरा सुगौलीका गाउँलेले पानीको निकास गरि पाउँ भन्दै महानगरपालिकामा निवेदन दिएका थिए । महानगरको वडा नम्बर १७ र वडा नम्बर २६ को सिमानाकाे खेत तथा जग्गामा पर्ने भएकाले सोही वडाका वडा अध्यक्षहरूलाई समस्या सुल्झाउन मेयर सिंहले अह्राएका थिए । वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जिब बहादुर क्षेत्रीका अनुसार निवेदनको सुनवाईको क्रममा हामी दुबै वडा अध्यक्षहरूले समन्वय गर्न खोजेका थियौ त्यसका लागी  दुवैतर्फ नाला बनाउनका लागी इन्जिनियरसँग सुपरभिजन समेत गराएका थियौँ तर तत्काल सम्भव नदेखेकाले जनप्रतिनिधि तथा स्थानीयको सर्वपक्षीय भेलाले समाधान गर्ने भनेर फर्किएका थियौँ । तर महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले जमेको पानी शनिवार अलौ तिर पठाएका थिए । जसबाट अलौका कयौँ घर डुबानमा परेको भन्दै पुनः वडा अध्यक्ष सञ्जु छतकुलिले केहि स्थानीयको रोहबरमा बन्द गर्न लगाएको थियो । सोही बन्द रहेको बाध खोलाउन मेयर सिंह बिहान उक्त स्थानमा पुग्दा विवाद भएको थियो । 

विवादको क्रममा राजेशमान सिंहले दुर्व्यवहार गरेको भन्दै घाईते भएका सुदर्शन लामिछाने सहितकाले मेयर सिंह विरुद्ध निवेदन दिएका छन् । भने मेयर सिंहकाे तर्फबाट नगर प्रहरी मार्फतबाट समेत निवेदन अ‌ाएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमाेद ढुंगेलले बताए । 

ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक रोशन लामिछानेका अनुसार मेयर सिंहले अपहरण शैलीमा भाइ सुदर्शन लामिछानेलाई लगेकाले मेयर सिंह र नगर प्रहरी विरुद्ध ज्यान मार्ने उद्योगमा समेत उजुरी दर्ता गराउने बताए । उनका अनुसार कांग्रेसका जिल्ला सभापति जनार्धन सिंह क्षेत्रीलाइ जानकारी गराइएकाे छ । विज्ञप्ती त्यस्ताे केही चिन्ता आएकाे छैन् । वहाँ भाेलि आएपछी मात्रै केही थाहा हुने बताए । मेयर सिंहले दुबै गाउँले बिच समन्वय गरेर कता कम क्षति हुन्छ त्यतातिर पानी पठाउन गाउँलेको सहमतिमा निकासा खुलाए स्थानीयले मान्थे तर मेयर सिंहले बुथ सभापतिलाइ हेपेर स्टन्ट गरेर दादागिरी देखाउन खोज्दा गाउले चिढिएकाे उनकाे भनाइ छ । जसले गर्दा यस्तो घटना भएको बताए ।

मेयर सिंह विरुद्ध घाईते पक्षले रिले अनशन सुरु गरेका छन् । गाउँलेहरुले एकिकृत चेकजाँच चाैकी सिर्सियाको मुख्य सडकमा ब्यानर राखेर रिले अनशन बसेका छन् । उनिहरुका अनुसार मेयर राजेशमान सिंहले घटनास्थलमा आएर सार्वजनिक रुपमा माफि माग्नुपर्ने र टाउको फुटाउने नगर प्रहरीलाई कार्वाही गरे अनशन तोड्ने तथा पानी निकासका लागी समन्वय गर्ने बताए । 

Congress-Pitae-Ujuri-Nibedan-Darta---Birgunj-City-News-1728332638.jpgउहिलेको बिराेधमा नेविसंघ अध्यक्षकाे नाक भाँच्याे, अहिले जिल्ला सभापति जनार्धन सिंह क्षेत्रीका आफ्नै जवाईकाे टाउको फुट्याे

Mayer-Rajeshman-Singh---Birgunj-City-1728333246.jpg
मेयर सिंहकाे विराेधकाे क्रममा यसअघि नेविसंघ पर्साका अध्यक्ष ई. रमेश यादवको नाक भाँचिएको थियो । अर्काको श्रीमतीलाई आफ्नो बनाई उनकी छोरीलाई नागरिकता दिलाएको र सरकारी कागजात किर्ते गरेको विरुद्धमा कारबाहीको माग गर्दै निकालिएको जुलुशमाथि मेयर सिंहका पक्षधरका व्यक्तिहरू विथाेल्लन ख‌ाेज्दा प्रहरीकाे लाठीले नेविसंघ पर्साका अध्यक्ष ई. रमेश यादवको नाक भाँचिएको थियो । विराेध प्रदर्शन बिथोल्न नखाेजेकाे भए त्यस्ताे घटना हुन्थेन, उतिबेला उनको उपचार राजधानी काठमाडौँमा गराइएको थियो ।

 

अहिले नेपाली कांग्रसकै बुथ सभापति शिव ओम लामिछानेका छोरा सुदर्शन लामिछानेको उनकै उपस्थितीमा टाउको फुटाइ दिएको छ । उनको टाउकोमा ६ वटा टाँका लागेको छ । साथै, शुखाडी राउत कुर्मी र प्रयास राउत कुर्मी घाइते भएका छन् । घाइतेहरूले मेयर विरुद्ध अघिल्लाे जसरी नै यसपाली पनी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराइएकाे छ । 

उहिले विज्ञप्ती बुझाएर कर्मकाण्ड पुरा, अहिले न विज्ञप्ती न समर्थन न विराेध

Janardhan-Singh-Chetri---Birgunj-City-1728333246.jpg
यसअघि दर्ता भएको निवेदन उपर कुनै कार्वाही प्रकृया अगाडी बढेन्न । नेविसंघ पर्साका अध्यक्ष ई. रमेश यादवको नाक भाँचिएपनी नेपाली कांग्रेसलाइ विज्ञप्ती बाहेक कतै कार्वाही लगायतकाे काक देखेन् । नेपाली कांग्रेसका सभापति जनार्धन सिंह क्षेत्रीले घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै छानविन गर्न माग गरेको थियो । उतिबेला नेविसंघ पर्साका अध्यक्ष ई. रमेश यादव थिए भने, अहिले जिल्ला सभापति जनार्धन सिंह क्षेत्रीका आफ्नै भान्जा तथा नेपाली काङ्ग्रेसका कार्यकर्ता सुदर्शन लामिछाने रहेका छन् । 

'काले काले मिलि खाऊ भाले' भने झै कार्यकर्ता पिटाईरहदाँ नेताहरु मौन देखिन्छ । कुनैपनी घटनामा कोहि एक ठिक वा बेठिक हुने गर्दछ । कि त मेयर सिंह सहि हुन या त बुथ सभापति लामिछाने सहि हुन् । यस्तो घटनामा कुटाइ खाने, नाक भाचिने दुःख भोग्ने गरेका छन् तर तिनका नेताहरू भने पिडितकाे नाममा राेटि सेक्दै आएको छन् । 

घटनाबारे महानगरका मेयर राजेशमान सिंहकाे माेबाइलमा पटक पटक सम्पर्क गर्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन्र । 

सुदर्शन लामिछाने नेपाली कांग्रेसका सभापति जनार्धन सिंह क्षेत्रीका भान्जा हुनुपर्नेमा अन्यथा भएकाेमा सच्चयाइएकाे छ । - सम्पादक

सम्बन्धित समाचार 

वीरगंजका मेयरलाई कारबाहीको माग गर्दै गरिएको शान्तीपूर्ण प्रदर्शनमा आक्रमण गर्नेलाई कारबाही गर्न माग

वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी

संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)

 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०६:१३
#मेयर राजेशमान सिंह #वीरगंज महानगरपालिका #जनार्धन सिंह क्षेत्री #नेपाली कांग्रस #नेविसंघ #सुदर्शन लामिछाने #नेपाल प्रहरी #कुमाेद ढुंगेल
प्रतिक्रिया दिनुहोस्
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप नेता गिरी
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
किर्ते नागरिकता प्रकरणमा निलम्बनमा परेका मेयर राजेशमान सिंहलाई पुनः काममा फर्किन दिने मागसहितको रिट सर्वोच्चद्वारा खारेज
किर्ते नागरिकता प्रकरणमा निलम्बनमा परेका मेयर राजेशमान सिंहलाई पुनः काममा फर्किन दिने मागसहितको रिट सर्वोच्चद्वारा खारेज मंगलबार, साउन १२, २०८३
Contact Us

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
Team
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
Birgunj City
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्