चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै भारतबाट काठमाडौँतर्फ जाँदै गरेको एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आइचर मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा दुई जना भारतीय नागरिक घाइते भएका छन् ।
दुर्घटनामा ट्रक चालक भारतको लखनउ निवासी २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरी भरतपुरस्थित सरकारी अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मेवा काठमाडौँ पुर्याउने क्रममा दुर्घटना भएको हो। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।