
प्रिय पाठक, स्रोता तथा दर्शक महानुभावहरू,
वीरगंज मिडिया एजेन्सीद्वारा सञ्चालित ‘वीरगंज सिटी अनलाइन’ तपाईंहरूसमक्ष ल्याउने उद्देश्य हाम्रो एक मात्र हो— जनताको आवाज जनताकै भाषामा, सत्य, सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत गर्नु ।
हामी पत्रकारिताको विश्वव्यापी मान्य मापदण्ड, लोकतान्त्रिक मूल्य र जनताको सूचनाको हकलाई सुनिश्चित गर्ने अभियानमा अघि बढेका छौँ ।
न त कुनै दलको पक्षमा, न कुनै विचारधाराको प्रभावमा । न कुनै धर्म, जात वा वर्गको प्रभावमा, न त कुनै सत्ताको अनुचर भए र।
हामी जनताको समस्या, सरोकार, पीडा र सम्भावनामा केन्द्रित निष्पक्ष पत्रकारिता गर्दैछौँ ।
वीरगंज सिटी अनलाइनमार्फत
- तपाईंले स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खबरहरू
- अनुसन्धानात्मक रिपोर्ट,
- भिडियो रिपाेर्ट / अन्तर्वार्ता,
- नागरिक आवाज,
- विश्लेषणात्मक समाचार सामग्री
लगायत विविध सञ्चार सामग्री प्राप्त गर्न सक्नुहुनेछ ।
हामी केवल समाचार दिने संस्था होइनौँ — हामी समर्पित छौँ उत्तरदायी र गुणस्तरीय पत्रकारिता गर्न ।
हामी डिजिटल युगको प्रविधिको प्रयोगमार्फत विश्वसनीय, सन्तुलित र समयमै सूचना प्रवाह गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छौँ ।
यस अभियानमा,
देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हामीलाई आलोचनात्मक सुझाव, रचनात्मक प्रतिक्रिया र सधैँको साथका लागि आग्रह गर्दछौँ ।
हामी तपाईंहरूको विश्वासमा खरो उत्रिने प्रयासमा निरन्तर क्रियाशील रहनेछौँ ।
सत्यको पक्षमा कलम चलाउन हामी दृढ छौँ ।
धन्यवाद।
- अध्यक्ष
वीरगंज मिडिया एजेन्सी