पर्सा | पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिराभवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोलका २४ वर्षीया अस्पतलिया देवीको कुटपिटपछि मृत्यु भएको भन्दै उनका श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ वादविवादका क्रममा जितनले श्रीमतीलाई कुटपिट गरेका थिए । सो क्रममा गम्भीर चोट लागेर अस्पतलिया देवीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
प्रहरीले आरोपी जितन माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।