काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले आज बिहान भैरहवास्थित कारागारमा लामिछानेसँग भेट गरेका हुन् ।
भेटपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै जनताको प्रतिनिधिलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्न दिनुपर्ने बताए । ‘जनाताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर जमानतामा बाहिर रहेर मुद्दा फेस गर्ने व्वस्था गर्नुपर्थ्यो ।’
सो क्रममा उनले पञ्चायतको समयमा दिइने सुविधा लामिछानेलाई नदिइएकोमा चिन्ता व्यक्त गरे । पञ्चायतको समयमा जेल बस्दा पत्रिका पढ्न दिने कुरा स्मरण गर्दै उनले भने, ‘उहाँलाई पत्रपत्रिका ल्याएर पनि दिइदो रहेनछ । हामी पञ्चायतको पालामा जेल बस्दा पनि पत्रपत्रिका पढ्ने गथ्र्यौँ । सोध्दा त्यस्तो आदेश छैन भनियो । सूचनाबाट चाहीँ बञ्चित गर्न हुँदैनथ्यो ।’
उनले बस्ने ठाउँ पनि उचित नभएको बताए । ‘जेल भनिसकेपछि त खुल्ला ठाउँहरु हुन्छ । भेटघाट गर्ने, कुराकानी गर्ने अवसर पनि हुन्छ । एकल राखेको उचित जस्तो मलाई लागेन । म माथि सम्बन्धित ठाउँमा भनौँला ।’