संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेश गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्व विद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, २०६४ र २०७० सालको संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री खडगबहादुर बस्यालको निधनमा शोक प्रस्ताव पनि पारित गरिनेछ ।
भिडियाे सामाग्री