काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याइने भएको छ। उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिनेछ ।
कारागार विभागले हिजोमात्रै उनलाई कारागार सरुवाको निर्णय गरी कार्यान्वयनका लागि पत्र पठाएको थियो। सो निर्णयअनुसार आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई नख्खु कारागार सार्ने तयारी गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अहिले उनलाई लिन कारागार पुगेको छ। दिउँसो ३ बजेर १० मिनेटमा बुद्ध एयरमार्फत काठमाडौं ल्याइने तय भएको प्रहरीले जनाएको छ ।
लामिछानेले स्वयं कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेको हो। यसअनुसार उनलाई नख्खु कारागारमा सारिने भएको हो ।
भिडियाे सामाग्री