काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागार लगिएको छ । उनलाई विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर सिधै नख्खु कारागार पुर्याइएको हो ।
कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णयअनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण गरिएको हो ।
नख्खु कारागार बाहिर लामिछानेका समर्थकहरूको बाक्लो उपस्थिति थियो। उनीहरूले नाराबाजीसहित समर्थन जनाएका थिए। लामिछानेले पनि भ्यानभित्रबाटै हात हल्लाउँदै समर्थकलाई अभिवादन गरेका थिए ।
उनको स्वागतमा नख्खु कारागार पुग्नेहरूमा रास्वपाका सांसद र नेताहरू समेत रहेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा थिए । उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए, जसमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

भिडियाे सामाग्री