भैरहवा । आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ उपत्यकास्थित नख्खु कारागार स्थानान्तरण हुँदैछन् । यस घटनासँग सम्बन्धित विस्तृत विवरण मनिष झा द्वारा भैरहवाबाट विशेष रिपोर्ट गरिएको छ ।
मनिष झा अनुसार, पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर जानकारी पाएपछि, भैरहवा कारागार पुगेका पत्रकार र पार्टी प्रतिनिधिहरूलाई सुरुवाती रूपमा भेट्न दिइएन। तर विमानस्थलमा छोटो भेटको अवसर मिल्यो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेसँग समेत उपस्थित रवि लामिछानेले कुनै डर वा त्रासको संकेत देखाएनन् ।
मनिष झा लेख्छन्, उनले १२६ दिन भैरहवामा बसेको अनुभव साझा गर्दै कारागार प्रशासन, सुरक्षाकर्मी, र स्थानीयहरुप्रति आभार व्यक्त गरे। रवि लामिछानेले भने,
"पुरै नेपाल मेरो घर हो । सबै नेपाली आफन्त हुन् । म यहाँको हावापानी, आमा-बुवा, दाजुभाइ-दिदीबहिनी सबैप्रति कृतज्ञ छु ।"
राजनीतिक प्रतिशोधले डराउन नसक्ने बताउँदै उनले थपे,
"मैले बसेको कोठाको भित्तामा लेखेको छु—अब यहाँ कृष्णहरू जन्मिने छैन, तर जन्मेकाहरूले नै कृष्णझैँ बन्नुपर्नेछ ।"
मनिष झा ले रिपोर्ट अनुसार, भैरहवाबाट काठमाडौँको लागि उडेको बुद्ध एयर U4 860 विमानमा रवि लामिछानेले टाढाबाट "राम्ररी पुग्नु है" भन्दै छुट्टिएका थिए ।
भिडियाे सामाग्री