काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा श्रीमती ललिता विकको हत्या अभियोगमा उनका श्रीमान् सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेका ३० वर्षीय सेन्चुरीले पत्नीलाई होटलमा बोलाई हत्या गरी शव खाटमुनि लुकाएका थिए । शव भने भाेलिपल्ट होटलको कोठा नम्बर २०१ मा फेला परेको थियो ।
हत्यापछि उनी साथीको घरमा बसेर साउन २८ गते श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । तर साउन ३० गतेदेखि सम्पर्कविहीन बनेका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले वीरगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच सम्बन्ध राम्रो नभएको खुलेको प्रहरीले जनाएको छ ।
समाचारमा मिति फरक हुनगएकाले सच्चयाईएकाे छ । : सम्पादक
भिडियाे सामाग्री