करेण्ट लगाएर संरक्षित वन्यजन्तु एकसिंगे गैंडा मारेको अभियोगमा चितवनको माडीका किसान हरिभक्त श्रेष्ठलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।
मंगलबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएको हो । गत साउन २१ गते माडी–२ भैरवपुरस्थित श्रेष्ठको खेतमा बाली जोगाउन छोडिएको करेन्ट लागेर एकसिंगे गैंडा मरेको थियो । घटनापछि निकुञ्ज प्रशासनले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । सरकारी वकिलको कार्यालयले सोमबार मात्रै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार अभियोग लगाइएको जिल्ला अदालतले जनाएको छ ।
भिडियाे सामाग्री