चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जिप सफारी पुनः सञ्चालनमा आएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनमार्गहरू बिग्रनु, खोला–खोल्सीमा भल बाढी आउनु, रुख लडी बाटो अवरुद्ध हुनु तथा मानवीय क्षतिको सम्भावना रहने भएकाले निकुञ्जले असार १६ गतेदेखि जिप सफारी बन्द गरेको थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अबदेखि पर्यटकहरूले सहज रूपमा सफारीको अनुभव लिन सक्ने भएका छन् । उनका अनुसार निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट ९, उजौलीबाट २, अमलटारीबाट ५ र माडीबाट १ गरी विभिन्न प्रवेशद्वारबाट जिप सञ्चालनमा आएका छन् ।
निकुञ्ज प्रशासनले पर्यटकको सुरक्षा र सहज यात्राका लागि आवश्यक पूर्वाधार मर्मतसम्भार गरी मात्रै सफारी सञ्चालनमा ल्याइएको जनाएको छ ।