आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय पर्साले मतदाता नामावली सङ्कलन पूरा गरेको छ ।
कार्यालयका अनुसार पर्सामा १४ हजार ३१८ जना तथा जिल्लाबाहिरका ७ सय २७ जना, गरी कुल १५ हजार ४५ नयाँ मतदाता थपिएका छन् । गत असोज ९ गतेदेखि नामावली सङ्कलन सुरु भएपनी निर्वाचन आयोगले प्रारम्भिक रूपमा कात्तिक मसान्तसम्म समयसीमा निर्धारण गरेकाे थियाे । त्यसपछि पुनः पाँच दिन थप गर्दै मङ्सिर ५ गतेसम्म नामावली दर्ता सुविधा उपलब्ध गराएको थियो ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारका अनुसार जिल्लामा थपिएका १४ हजार ३ सय १८ नयाँ मतदातामध्ये ७ हजार ३ जना पुरुष र ६ हजार ५१५ महिला रहेका छन् ।
भने, जिल्लाबाहिरबाट नामावली दर्ता गराउने ७ सय २७ जनामध्ये ४ सय ३९ जना पुरुष र २ सय ८८ जना महिला रहेका छन् । यससँगै पर्सा जिल्लामा मतदाताको कुल संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ । जसमा महिला मतदाता १ लाख ५३ हजार ६ सय ६१ र पुरुष मतदाता: १ लाख ९८ हजार ८ सय २३ जना रहेकाे छ ।
आगामी आमनिर्वाचनलाई लक्षित गर्दै जिल्लामा मतदाता अद्यावधिक प्रक्रिया सहज र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।