ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ब्राउन सुगरसहित एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर–४, गौरका ३२ वर्षीय भोला साह कलुवार रहेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी निरीक्षक रुपा लाबुङका अनुसार बैंकिङ कसुरमा फरार अभियुक्त रहेका कलुवारलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनकाे पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर बरामद भएको हाे ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चपुर–६ का २८ वर्षीय राजेश राईलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि लागू औषध सम्बन्धी मुद्दासहित फरार अभियुक्तको रुपमा कानुनी प्रक्रिया अघि बढाइएकाे छ ।