निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार एकाएक भारी मात्रामा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार तोलामा २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी तोलामा ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ, जुन सोमबारको तुलनामा तोलामा ३ सय ५ रुपैयाँले कम हो ।
सोमबार चाँदी तोलामा ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।