जेनजी पर्साका संयोजक विशेष साह र सल्लाहकार राजा गुप्ताको पहलमा पर्सामा राजनीतिक समन्वयको सकारात्मक छलफल सम्पन्न भएको छ ।
छलफलमा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलमा वर्तमान राजनीतिक अवस्था, दलहरूबीचको आपसी समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिबारे छलफलमा गरिएको जनाइएको छ । जेनजी पर्साका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जेनजी पर्साका संयोजक विशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक र परिवर्तनमुखी राजनीतिक बाटो निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले युवाको सक्रिय सहभागिता, आपसी समझदारी र साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कार स्थापना गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।
छलफललाई आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अघि बढाइने सहभागीहरूले बताएका छन् ।