चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ ।
२०८१ साल असारमा सिमलतालमा गएको भीषण पहिरोले त्रिशूली नदीमा खसाएका दुई वटा बसमध्ये एउटा बस बालुवामा पुरिएको अवस्थामा भेटिएको हो ।
भरतपुर महानगरपालिका–२९ अन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा २०८१ असार २८ गते शुक्रबार बिहान पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
उक्त दुर्घटनामा
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस
त्रिशूली नदीमा खसेका थिए ।
डेढ वर्षपछि तीमध्ये एउटा बस नदी किनारमा बालुवामा पुरिएको अवस्थामा फेला परेको हो ।
चितवन प्रहरीले घटनास्थलतर्फ टोली पठाइसकेको जनाएको छ। विस्तृत विवरण संकलन भइरहेको छ ।
उक्त दुर्घटनामा दुई बसमा सवार ६५ यात्रुमध्ये ३५ जना अझैसम्म बेपत्ता छन् भने बाँकी यात्रुको उद्धार गरिएको थियो ।
सिमलतालको दुर्घटना नेपाली सडक इतिहासकै सबैभन्दा दुःखद दुर्घटनामध्ये एक मानिन्छ ।