काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, चमतीस्थित घण्टीघर प्रवेश गर्ने भएका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले आज नै काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर दिउँसो १ बजे रास्वपा पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ ।
रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत तथा शपथ ग्रहणको तयारी गरिएको छ । रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेनलाई झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
निर्वाचनपछि उनलाई संसदीय दलको नेता बनाउँदै प्रधानमन्त्री बनाउने घोषणा समेत रास्वपाले गरेको छ ।