पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर जिल्ला को मनहरी गाउँपालिका–७ बिजौनामा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
वीरगन्ज बाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।