नेपाल आयल निगमले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढाएको छ । मंगलबार गरिएको मूल्य समायोजनअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानतर्फ इन्धनको मूल्य उल्लेखनीय रूपमा वृद्धि गरिएको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य साविक १२७ रुपैयाँ प्रतिलिटरबाट बढाएर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट बढाएर १,७८५ डलर पुर्याइएको छ ।
त्यस्तै पोखरामा प्रतिकिलोलिटर ८०१ डलरबाट बढाएर १,७३२ डलर र भैरहवामा ७८९ डलरबाट बढाएर १,७१६ डलर कायम गरिएको छ ।
इन्धन मूल्यमा भएको यो वृद्धि हवाई भाडामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।