शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि भैरहवाबाट नियन्त्रणमा लिइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई हाल विभागमै उपस्थित गराई थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
यसअघि पक्राउ परिसकेका व्यवसायी दीवक भट्टसँगको सम्पर्कका आधारमा अग्रवालसमेत अनुसन्धानको दायरामा तानिएका हुन् । भट्टविरुद्ध विभिन्न अभियोगमा अनुसन्धान भइरहेको छ र उनी यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रहरी तथा सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।