मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले व्यापक कारबाही सुरु गरेको छ । प्रदेशभरबाट ३४ जना बिचौलिया पक्राउ परेका छन् ।
गृहमन्त्रालयको निर्देशनमा संचालन भएको विशेष अभियानअन्तर्गत मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क र ट्रायल सेन्टरहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाका अनुसार सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने र गैरकानुनी लाभ लिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ ।
जिल्लागत विवरण:
वीरगन्ज: ७ जना ( नारायणी यातायात कार्यालय ४, मालपोत ३ )
सर्लाही: ९ जना ( मालपोत ७, ट्रायल सेन्टर २ )
रौतहट: ६ जना ( मालपोत, अदालत, बस पार्क क्षेत्र )
सप्तरी: ११ जना
सिरहा: १ जना
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । प्रहरीले आगामी दिनमा यस्ता बिचौलियाविरुद्ध कारबाही अझ कडाइका साथ जारी राख्ने संकेत दिएको छ ।