वीरगंजमा मंगलबार युवाहरुको भेलाले ‘जेनजी पर्सा’ नामक संगठन गठन गरेको छ । वीरगंज – १० आदर्शनगरमा सम्पन्न भेलाबाट उक्त संगठन गठन गरिएको हो ।
संगठनको संयोजकमा रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मी चयन भएका छन् । कुर्मीको संयोजकत्वमा जेनजी पर्साको ११ सदस्यीय समिति गठन गरिएको हो । नवगठित समितिले युवाहरूको सशक्तिकरण तथा सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्य लिएको संयोजक कुर्मीले बताएका छन् ।
मंगलबारको भेलामा जेनजी आन्दोलनका सहिद असाहब आलमका भाइ मुराद आलम तथा घाइते रियाजुल हक मियाँलाई सम्मान गरिएको थियो ।
भेलामा वीरेन्द्र कण्ठ, जावेद एकबाल हैदर, विशाल पटेल, ज्ञानेन्द्र मण्डल, प्रतीक पटेल, शेख मुम्ताज, सुशील पटेल, रणदीप श्रीवास्तव, शेख जम्सेद, विजय पटेल लगायतको सहभागिता रहेको थियो ।