‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डुमडिया गाउँपालिका–१० का ३० वर्षीय केदार परियार रहेका छन् । उनलाई कास्की प्रहरी ले पोखराको पृथ्वीचोक क्षेत्रबाट पक्राउ गरेको हो ।
हाडनाता जबरजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालत बाट २५ वर्ष कैद सजाय पाएका परियार ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
प्रहरीका अनुसार परियारको अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ । उनलाई पक्राउ गरी कारागार कार्यालयमा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।