शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • स्वकीय सचिव राख्ने निर्णयमा सरकारको ‘यू–टर्न’, मधेशमा ९ महिनादेखि तलब रोकिँदा असन्तुष्टि
स्वकीय सचिव राख्ने निर्णयमा सरकारको ‘यू–टर्न’, मधेशमा ९ महिनादेखि तलब रोकिँदा असन्तुष्टि
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, वैशाख ५, २०८३
A1 Beakery Add A1 Beakery Add

संघीय सरकारले पूर्वनिर्णय उल्टाउँदै पुनः स्वकीय सचिव राख्ने प्रक्रिया अघि बढाएपछि राज्यको व्ययभार बढ्ने भन्दै आलोचना सुरु भएको छ ।

तर, संघीय तहमा यस्तो निर्णय कार्यान्वयनतर्फ उन्मुख भइरहँदा मधेश प्रदेशमा भने स्वकीय सचिवहरूको ९ महिनादेखिको बक्यौता तलब अझै भुक्तानी हुन सकेको छैन ।

यसअघि सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले संघ र प्रदेश दुवै तहका सांसद, मन्त्री तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि देशका सातै प्रदेशले समेत उक्त सुविधा कटौती गरेका थिए । सोही निर्णयको प्रभावस्वरूप मधेश प्रदेशमा स्वकीय सचिवहरूको तलब रोकिँदै आएको छ ।

पछिल्लो समय प्रदेश सरकारहरूको गुनासोपछि कात्तिक १८ गते प्रधानमन्त्रीसँग बसेको बैठकले प्रदेशले आफ्नो कानूनअनुसार निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो । त्यसपछि कोशी प्रदेशले स्वकीय सचिवहरूको बक्यौता तलब भुक्तानी गरिसकेको छ । तर, मधेश प्रदेश सरकारले हालसम्म कुनै ठोस पहल नगरेको गुनासो बढ्दो छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार स्वकीय सचिवहरूको तलब भुक्तानीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भए पनि प्रदेश सरकारबाट भुक्तानी आदेश नआएकाले रकम रोकिएको हो । “प्रदेश सरकारले आदेश दिएलगत्तै हामी तलब निकासा गर्न तयार छौं,” उनले बताए ।

यसबीच बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको संघीय सरकारले स्वकीय सचिव पुनः नियुक्त गर्ने निर्णय कार्यान्वयनतर्फ अघि बढाएको छ । तर मधेश प्रदेशमा न त नयाँ स्वकीय सचिव राखिएको छ, न त पुराना सचिवहरूको बक्यौता तलब नै भुक्तानी गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रीय निर्णयका कारण तलब भुक्तानी रोकिएको बताउँदै संघीय सरकारले स्पष्ट निर्णय गरेपछि मात्र भुक्तानी गरिने बताएका छन् । “केन्द्रले निर्णय गरेपछि हामी पनि तलब दिन्छौं,” उनले भने । यद्यपि, प्रदेशसँग आफ्नै कानून हुँदाहुँदै केन्द्रको निर्णय पर्खिनुको औचित्यबारे भने उनले स्पष्ट जवाफ दिएनन् ।

यसअघि एमालेका सरोज यादव नेतृत्वको सरकारले पनि प्रक्रिया अघि बढाउने प्रयास गरेको थियो । तर सरकार छोटो समयमै ढलेपछि प्रक्रिया अधुरै रह्यो। त्यसपछि बनेको कांग्रेस नेतृत्वको सरकारले यस विषयमा खासै चासो नदेखाएको आरोप लागिरहेको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक प्रदेश सांसदले संघीयताको मर्ममाथि प्रश्न उठाउँदै भने, “यदि प्रदेश आफ्नै कानूनअनुसार चल्न नसक्ने हो भने संघीयताको अर्थ के रहन्छ ?”

हाल संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले प्रत्येक सांसदलाई एक–एक स्वकीय सचिव उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकेको छ । तर मधेश प्रदेशमा भने यसबारे कुनै औपचारिक निर्णय भएको छैन । मुख्यमन्त्री यादवका अनुसार स्वकीय सचिवहरू हटाइएका छैनन् र काममा नै रहेका छन् ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख तथा मन्त्रीहरू बाहेक अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो । तर पुनः सुविधा बहाल गर्ने प्रक्रियाले राज्यको खर्च बढ्ने भन्दै सामाजिक सञ्जालमा आलोचना चुलिँदै गएको छ ।

विश्लेषकहरूका अनुसार स्पष्ट नीति र समन्वय अभावका कारण संघ र प्रदेशबीच निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ, जसको प्रत्यक्ष असर कर्मचारी र प्रशासनिक कार्यसम्पादनमा परेको छ ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १३:१६
#मधेश प्रदेश #स्वकीय सचिव #प्रदेश सरकार #संघीयता #संघीय सरकार #सरकारी निर्णय #बजेट विवाद #सुशिला कार्की #कर्मचारी समस्या #कृष्णप्रसाद यादव #बालेन सरकार #तलब बक्यौता #भन्सार नीति #प्रदेश प्रशासन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित बिहीबार, कात्तिक ५, २०८३
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ?
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP