भारतको दक्षिणी राज्य तमिलनाडुको भिरुदुनगरमा रहेको एक पटाका कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
बीबीसी हिन्दीका अनुसार आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । स्थानीय प्रहरी घटनाबारे अनुसन्धानमा जुटेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
त्यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले पनि सामाजिक सञ्जाल एक्समार्फत उक्त घटना दुःखद भएको बताउँदै घाइतेहरूको उपचार भइरहेको र घटनाको विस्तृत छानबिन सुरु गरिएको जानकारी दिनुभएको छ ।
घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको छ भने घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।