संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका बेला साम्पाङ बैठकबाट बाहिरिएका हुन् । बजेट प्रस्तुत हुँदै गर्दा नै उनी बाहिरिएका थिए ।
साम्पाङले आफूलाई अन्य महत्वपूर्ण काम भएकाले बैठक छाडेको बताएका छन् । “मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यसैले निस्किएको हुँ,” उनले भने ।