शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास दशकाैदेखि अधुरै, युनेस्कोको प्रतीक्षामा जनकपुरधामको जानकी मन्दिर
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास दशकाैदेखि अधुरै, युनेस्कोको प्रतीक्षामा जनकपुरधामको जानकी मन्दिर
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ २२, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये महत्वपूर्ण धरोहर मानिने जनकपुरधामस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन ।

विभिन्न समयमा सरकार, स्थानीय तह तथा गैरसरकारी संस्थाहरूले पहल गरे पनि आवश्यक प्राविधिक प्रक्रिया, अध्ययन तथा समन्वय अभावका कारण लक्ष्य पूरा हुन नसकेको हो ।

मधेश प्रदेशको राजधानी तथा प्राचीन मिथिलाको केन्द्र जनकपुरधाममा अवस्थित जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक मानिने यो मन्दिर मिथिला सभ्यता, अद्वितीय वास्तुकला र धार्मिक महत्वका कारण विश्वसम्पदाका लागि उपयुक्त मानिन्छ ।

संस्कृति तथा पुरातत्त्व क्षेत्रका विज्ञहरूका अनुसार जानकी मन्दिरमा धार्मिक महत्वसँगै ऐतिहासिक र कलात्मक मूल्य पनि उच्च रहेको छ । तर विश्वसम्पदा सूचीमा समावेश हुन आवश्यक पर्ने विस्तृत अनुसन्धान, संरक्षण योजना, व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्राविधिक दस्ताबेज तयार गर्ने काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनका अनुसार उपमहानगरपालिकाले संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक नक्साङ्कनको कार्य सम्पन्न गरी पुरातत्त्व विभागलाई हस्तान्तरण गरिसकेको छ । यस प्रक्रियाले जनकपुरधामको पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनकाे विश्वास छ । 

विश्वसम्पदा विज्ञ तथा परराष्ट्रविद् डा. रामबाबु ढकालका अनुसार विश्वसम्पदा सूचीमा समावेश हुन कुनै पनि सम्पदाले निश्चित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ । त्यसका लागि सम्पदाको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वको विस्तृत अध्ययन, संरक्षण योजना, प्राविधिक दस्ताबेज तयारी तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी प्रस्तुति आवश्यक पार्नुपर्छ । 

उनका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत हुनुअघि सम्पदालाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्छ, जसका लागि मन्त्रीस्तरीय निर्णय आवश्यक हुन्छ । जानकी मन्दिर सन् २००८ मै युनेस्कोको सम्भावित (टेन्टेटिभ) सूचीमा समावेश भएपनि पूर्ण विश्वसम्पदा सूचीमा समावेश हुन अझै विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेको छ ।

सन् २०१४ देखि अभियान

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन सामाजिक संस्था ‘भोर’ ले सन् २०१४ देखि अभियान सञ्चालन गर्दै आएको छ । संस्थाका संयोजक राजकुमार महतोका अनुसार अभियान अन्तर्गत देशव्यापी हस्ताक्षर सङ्कलन, युनेस्को तथा नेपाल सरकारलाई जानकारी र दबाब सिर्जना गर्ने कार्य गरिएको थियो ।

मन्दिर क्षेत्रमा भएका केही सौन्दर्यीकरणका कामले ऐतिहासिक मौलिकता प्रभावित गरेको भन्दै त्यसबारे पुरातत्त्व विभागलाई जानकारी गराइएको उनले बताए । प्रारम्भिक चरणमा अभियानको जिम्मेवारी स्थानीय नेतृत्वलाई हस्तान्तरण गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको र प्रयास निरन्तर जारी रहेको उनकाे भनाइ छ ।

सन् १९११ मा मुगल शैलीमा निर्माण भएको जानकी मन्दिर ‘नौलखा मन्दिर’ का नामले समेत परिचित छ । धार्मिक विश्वासअनुसार यहाँ स्थापित राम–जानकीका प्रतिमा अझ प्राचीन मानिन्छन् । प्रत्येक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट हजारौं श्रद्धालु र पर्यटक यहाँ आउने गर्दछन् ।

स्थानीयवासीका अनुसार जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश भए जनकपुरधामको पर्यटन, व्यापार, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

 

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ११:४७
#जनकपुरधाम #जानकी मन्दिर #जनकपुर पर्यटन #नेपाल पर्यटन #ऐतिहासिक सम्पदा #सांस्कृतिक धरोहर #मिथिला संस्कृति #धार्मिक सम्पदा #युनेस्को #विश्वसम्पदा सूची #जानकी मन्दिर संरक्षण #UNESCO Heritage #Nepal Heritage #Madhesh News
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान
पजियार मुनेश्वर सुखल कल्याणकारी ट्रष्टको रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान बिहीबार, कात्तिक ५, २०८३
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व
मधेशमा दुर्गा माताको प्रतिमा विसर्जन गर्दै मनाइयो जात्रा पर्व बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित बिहीबार, कात्तिक ५, २०८३
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा
फेसबुकमा हतियार देखाएपछि उमर फारूक प्रहरीको नियन्त्रणमा बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता बुधबार, कात्तिक ४, २०८३
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला
जीतपुरसिमरा–७ मा नहरमा पुरुषको शव फेला बुधबार, कात्तिक ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ?
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP