काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
सीआईबीका अनुसार बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।