रूपन्देहीमा २१ वर्षीय छोरा सरोज चौधरीको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका १० मैनिहवा बस्ने ४५ वर्षीय सहसराम चौधरी छन्। उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा बिहीबार बिहान सहसरामले चक्कु प्रहार गर्दा सरोज गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महुवारिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका सरोजको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।