मामता विद्या मन्दिर (MVM) कलेजले BBA तेस्रो सेमेस्टरको परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ ।
परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । कलेजका अनुसार विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनले MVM कलेजको गुणस्तरीय शिक्षा र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । प्राप्त नतिजाअनुसार Pretty Kumari ले ३.७७ GPA प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै, Ghanshyam Kumar ले ३.६७ GPA सहित दोस्रो स्थान हासिल गरेका छन्। Manisha Kushwaha र Rohit Kumar Sah ले समान ३.५८ GPA प्राप्त गर्दै संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन् ।
उत्कृष्ट नतिजाप्रति MVM कलेजले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गरेको छ। साथै, विद्यार्थीहरूको शैक्षिक सफलताका लागि निरन्तर मार्गदर्शन र सहयोग गर्ने शिक्षक तथा प्राध्यापकहरूप्रति कलेजले आभार व्यक्त गरेको छ ।
विद्यार्थीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक, शिक्षक तथा सम्पूर्ण MVM परिवारप्रति समेत कलेजले धन्यवाद व्यक्त गरेको छ ।