पर्साको पर्सागढी नगरपालिका–३ बाट प्रहरीले करिब ४० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का ६० वर्षीय गोरे लामा रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार राति लामाको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरभित्र ड्रममा लुकाएर राखिएको अवस्थामा करिब ४० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा बिक्री–वितरण तथा भण्डारणमा संलग्न रहेको आशंकामा लामालाई नियन्त्रणमा लिइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।