जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी रहेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका केसी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका केसीलाई पुनः केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।