राजदेवी नगरपालिका – ८ सोफियामाई सीमा क्षेत्रबाट स्रोत नखुलेको ५ लाख २२ हजार रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बिओपी बेलविछवाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ए ६२०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार भारत सितामढी निवासी ४५ वर्षीया नजिर नटको साथबाट ३ लाख २२ हजार रुपैयाँ र सर्लाही घर भएका ५५ वर्षीय मुम्ताज अन्सारीको साथबाट २ लाख ४ सय ९० रुपैयाँ नगद बरामद भएको हो ।
दुवै जनाले रकमको स्रोत खुलाउन नसकेपछि नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।